रास्वपा प्रथम महाधिवेशनको अन्तिम तयारी

काठमाडौँ, असार ६ गते । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशनअघि शनिबार भरतपुरमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी सभापति रवि लामिछानेले महाधिवेशन पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढङ्गले अगाडि बढाउने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

रास्वपाले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा ‘थिति बसाल्ने सङ्कल्प’ को मुख्य नारासहित जारी गरेको वाचा पत्र २०८२ मा ‘सदाचार र असल शासन’, ‘मध्यम वर्गीय विस्तार’, ‘काम, काम, काम’, ‘कनेक्टिभिटी’ र ‘प्रवास’ का विषय मुख्य प्राथमिकतामा राखेको छ ।

सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाधिमानलाई अक्षुण्ण राख्दै सो बमोजिमको प्रतिफल स्वरुप ‘समुन्नित’ पाँच वर्षभित्र भुक्तान गर्ने सर्तमा नागरिक करार मञ्जुरपत्र गरेको छ ।

सञ्चार कर्म परित्याग गर्दै सभापति लामिछानेले २०७९ असार ७ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गर्नुभएको हो । जसको मुख्य नारा सार्वजनिक भयो, ‘अब जान्नेलाई छान्ने’ ।

सभापति रवि लामिछाने पहिलो पटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नंं २ बाट सांसद विजयी हुनुभयो ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेस संसदको पहिलो ठूलो दल (८९ सिट) बन्यो । नेकपा (एमाले) दोस्रो (७८ सिट), नेकपा (माओवादी केन्द्र) तेस्रो (३२ सिट), राष्ट्रिय स्वतन्त्र पार्टी (२० सिट) नयाँ शक्तिको रुपमा चौथो नम्बरमा उदायो ।

जसमा पुराना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौं, जनता समाजवादी पार्टी (जसपा) छैटौँ र नेकपा (एकीकृत समाजवादी) सातौँ स्थानमा खुम्चियो । उक्त निर्वाचनमा परिणाम पश्चात् कांग्रेस–माओवादी गठबन्धन सत्ता गठनका लागि प्रयास भए पनि त्यो असफल रह्यो ।

२०७९ पुस १० गते एमाले–माओवादीबिच भएको सत्ता गठबन्धनको सहमति भयो । रास्वपा, राप्रपा जनमत पार्टीलगायतको समर्थनमा सो सरकार निर्माण भयो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । सो समय मन्त्रीपरिषद्‍मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रास्वपा सभापति लामिछाने निुयक्त हुनुभयो । रास्वपा पहिलो पटक सरकारमा सहभागी भएको हो ।

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज गर्‍यो । यससँगै उहाँ गृहमन्त्री पदबाट मुक्त हुनुभयो ।

यसपछि चितवन–२ को उपनिर्वाचनबाट लामिछाने पुनः सांसद विजयी हुनुभयो । २०८० फागुन २३ गते प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो पटक पुनः उपप्रधान तथा गृहमन्त्री पदमा नियुक्त हुनुभयो ।

२०८२ निर्वाचनमा बहुमत

रास्वपा २०८२ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ८२ सिटसहित संसद्‍को ठूलो दल बन्न सफल भयो । जसमा नेपाली कांग्रेस ३८ सिटले दोस्रो, नेकपा (एमाले) २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो स्थानमा छ ।

यो निर्वाचनमा नयाँ दलको रुपमा रहेको श्रम संस्कृति पार्टीले पनि राष्ट्रिय दलको मान्यता पायो । उसले सात सिट जितेको छ ।

रास्वपाको उद्गम स्थल मानिएको चितवनमा हुन लागेको प्रथम महाधिवेशनमा रास्वपा वरिष्ठ नेता प्रधानमन्त्री वालेन्द्र शाह सँगै प्रमुख दलका शीर्ष नेता सहभागी हुनुहुँदैछ ।

यस्तो छ महाधिवेशन कार्यतालिका, असार ९ गते मतदान

रास्वपाको शनिबार साँझ महाधिवेशन कार्यतालिका सार्वजनिक भएको छ । उक्त कार्यतालिका अनुसार असार ६ गते राति ८:३० बजे पार्टीको वेबसाइतमार्फत महाधिवेशन प्रतिनिधिका प्रारम्भिक नामावली प्रकाशन गर्ने, असार ७ गते राति ८:३० सम्म महाधिवेशन प्रतिनिधिमाथि दाबी विरोध, असार ७ गते राति ११ बजेसम्म महाधिवेशन प्रतिनिधिहरुका अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय भएको छ ।

यसैगरी, असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फाराम वितरण सुरु, सोही दिन गते दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता सुरु, साँझ ६ बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन, साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुविरुद्ध दाबी विरोध गर्ने, बेलुका ७ देखि ९ बजेसम्म दाबी, विरोध परेका उम्मेदवारहरुबारे जाँचबुझको समय, ९:१५ सम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, रातिको ११ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

असार ९ गते बिहानको ८:३० देखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु, मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणामको घोषणा र दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गर्ने जनाइएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter