राष्ट्रपति पौडेलद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण

काठमाडौँ, असार ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिहीबार सो विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागु हुने संवैधानिक व्यवस्था छ ।