‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक

काठमाडौँ, असार १७ गते । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको गुणस्तर, पहुँच र ग्राहकको अनुभव बुझ्न देशव्यापी रूपमा ‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै मुलुकका ७७ वटै जिल्लामा रहेका सबै प्रकारका स्थानीय तहहरूलाई समेटेर यो सर्भेक्षण गर्न लागिएको जानकारी दिएको हो। र्यान्डम स्याम्पलिङ विधिमार्फत वडाहरू छनोट गरी कुल १० हजार ८०५ जनाबाट नमुना संकलन गरिने बैंकले जनाएको छ।

यो सर्भेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण र समग्र वित्तीय सेवाका सम्बन्धमा ग्राहकहरूको धारणा र अनुभव संकलन गरिनेछ। यसबाट प्राप्त नतिजाका आधारमा भविष्यमा वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्ने नीति, कार्यक्रम र नियमनकारी व्यवस्थामा सुधार गर्न मद्दत पुग्ने बैंकको अपेक्षा छ।

नेपाल राष्ट्र बैंकले सर्भेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै पक्षलाई तथ्यपरक र निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ। सर्भेक्षणमा सहभागिता पूर्णतया स्वैच्छिक हुनेछ र सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर नदिन सक्नेछन्।

साथै, सर्भेक्षणमा संकलित विवरणहरू तथ्यांक ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक रूपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ।

बैंकले वित्तीय ग्राहक बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्भेक्षण कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न हार्दिक अपिल गरेको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter