असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने

काठमाडौँ, असार २६ गते । परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली सुरु गर्ने भएका छन्। मन्त्रालयले २०८३ असार २९ गतेदेखि यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रणालीको तयारी करिब पूरा भएको जानकारी दिए। प्रणाली परिवर्तनको सुरुवाती चरणमा केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित र सुचारु रहने उनले बताए।

सरकारको नीतिअनुसार राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र प्रविधिमैत्री बनाउन तीनवटा महत्त्वपूर्ण कदम चालिएका छन्। छापिएका राहदानीहरू छिटोभन्दा छिटो सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ।

यसैगरी, नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउन प्रक्रिया सुरु भएको छ। प्रवक्ता क्षेत्रीले भने, ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध छन्। राहदानीको प्रणाली हाल परिवर्तन गरी २०८३ असार २९ गतेबाट लाइभ हुने तय भएको छ।’

नयाँ प्रणाली लागू भएपछि जो जहाँ बसेको भए पनि आफ्नो पायक पर्ने नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिनेछ। यस व्यवस्थाले राहदानी वितरण कार्य थप जनमैत्री र व्यवस्थित हुने सरकारको विश्वास छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter