प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा कार्कीलाई नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा), डा. राजीव सुब्बा (काठमाडौँ) लाई नियुक्त गरिएको उहाँको भनाइ छ ।