रास्वपाको स्पष्ट लाइन छ, निजी क्षेत्रमा कतिबेला थुन्ला भन्ने त्रास हुन दिन हुँदैन : रवि लामिछाने

काठमाडौँ, साउन २३ गते । रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् ।

यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास निजी क्षेत्रमा देखिएको, निजी क्षेत्रका साथीहरू तर्सिएको र आत्तिएको विषय आफूले थाहा पाएको बताए ।

‘म निजी क्षेत्रका केही साथीहरू तर्सिनुभएको हो कि, आत्तिनुभएको हो कि भन्ने पनि थाहा पाइरहेको छु । यही फोरममार्फत के स्पष्ट पार्न चाहन्छु भने कुनै पनि मानिसले काम गर्दा व्यापार व्यवसाय गर्दा केही गलत भएका रहेछन्, केही कुरा कानुनका दायरामा रहेनछन् भने यिनलाई हेर्ने दृष्टिकोण भनेको आर्थिक अपराधको रुपमा हेर्ने हो,’ सभापति लामिछानेले भने ।

साथै, उनले यस विषयमा पार्टीको स्पष्ट धारणा रहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

‘अन्य अपराधीजस्तो साँझ बिहान कहिले थुन्ला उसलाई भन्ने डर र त्रासमा कसैले पनि व्यापार गर्न सक्दैन । म सरकारलाई यहीँबाट बताउन चाहन्छु । म स्पष्ट पार्न चाहन्छु कि, पार्टीको स्पष्ट लाइन छ । पार्टी स्पष्ट छ, कसैले गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने हो,’ लामिछानेले भनेका छन् ।

उनले हिजोको नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा आफू नभएको स्पष्ट पारे । ‘म हिजाको कुनै पनि नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैन । अब त यो बल हाम्रो कोर्टमा आएको छ । हिजो कसले कति वर्ष शासन गर्‍यो, को कति वर्ष मन्त्री भयो, कसको पार्टीले सरकार बनायो भनेर दोषी खोज्दै हिंड्नेमा म त छैन । अब ब्लेम हाम्रैमा आउँछ,’ सभापति लामिछानेले भनेका छन् ।

पूरा सम्बोधनको क्रममा रविले के भने ?

आज पनि सरकारले वाचा गरेको छ, हामी धेरै मान्छेलाई रोजगारी दिन्छौं । हामीले भनेका भिडियोहरू यत्रतत्र छन् । भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन् । तर हामी हार मान्दैनौं नि । किनभने हामीलाई हार मान्ने छुट नै छैन ।

तपाईं हामीलाई समाजले इतिहासले एउटा यस्तो मौका दिएको छ, हामी त त्यसको संवाहक मात्रै हौं । तर, साँच्चै परिवर्तन गर्नसक्ने तपाईंहरू हो । हाम्रो काम त तपाईंहरूलाई काम गर्नसक्ने वातावरण बनाइदिने हो ।

हामीले भर्खरै सरकार बनाएका छौं । ऐतिहासिक जनमत हामीले ल्याएका छौं । ४ महिना सरकारलाई मूल्यांकन गरिहाल्ने समय हो भनेर अलि भन्न मिल्दैन कि जस्तौ मलाई लाग्छ । तर पनि यो ४ महिनामा हामीले अलिकति छनक देखाउनसक्नु पर्थ्यो । त्यो तपाईंहरूको सल्लाह र सुझावलाई हामीले मनन गरेका छौं ।

चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं । हामी छौं । अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ ।

म निजी क्षेत्रका केही साथीहरू तर्सिनुभएको हो कि, आत्तिनुभएको हो कि भन्ने पनि थाहा पाइरहेको छु । यही फोरममार्फत के स्पष्ट पार्न चाहन्छु भने कुनै पनि मानिसले काम गर्दा व्यापार व्यवसाय गर्दा केही गलत भएका रहेछन्, केही कुरा कानुनका दायरामा रहेनछन् भने यिनलाई हेर्ने दृष्टिकोण भनेको आर्थिक अपराधको रुपमा हेर्ने हो । अन्य अपराधीजस्तो साँझ बिहान कहिले थुन्ला उसलाई भन्ने डर र त्रासमा कसैले पनि व्यापार गर्न सक्दैन । म सरकारलाई यहीँबाट बताउन चाहन्छु । म स्पष्ट पार्न चाहन्छु कि, पार्टीको स्पष्ट लाइन छ । पार्टी स्पष्ट छ, कसैले गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने हो । म हिजाको कुनै पनि नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैन । अब त यो बल हाम्रो कोर्टमा आएको छ । हिजो कसले कति वर्ष शासन गर्‍यो, को कति वर्ष मन्त्री भयो, कसको पार्टीले सरकार बनायो भनेर दोषी खोज्दै हिंड्नेमा म त छैन । अब ब्लेम हाम्रैमा आउँछ ।

हिजो के भयो कसो भयो, हिजोको कुरा भयो । हिजोको परिस्थिति अलग थियो । चुनौती अलग थियो । हिजो देशमा राजनीतिक परिवर्तनको आवश्यकता थियो । संविधान निर्माणको चरणमा थियो । अर्कै किसिमको राजनीतिक चुनौती थियो । त्यतिबेलाका राजनीतिज्ञले जति सक्नुभयो, त्यति गर्नुभयो । अब घुमिफिरी देश युवा नेतृत्वको हातमा आएको छ । तपाईंहरू सबैको मायाले हाम्रो हातमा आएको छ । अब दोष लगाउने पक्षमा म त छैन । यो दोष कसैलाई लगाउने भनेर दोषी खोज्दै हिंड्ने बेला पनि होइन । हामीले समस्या खोज्ने हो, समाधान गर्ने हो ।

कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन्, त्यो र्‍युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो र्‍युमरहरूलाई आज स्न्याक्सको रुपमा ग्रहण गर्नुहोला । र्‍युमरहरू स्न्याक्स मात्रै हो । त्यसको खास त्यो भन्दा बढी भ्यालु केही पनि छैन । हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो । त्यसकारणले आफ्नो वाचा, प्रतिवद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन ।

म फेरि पनि स्पष्ट पार्न चाहन्छु, सरकारले आफ्नो वाचा लक्ष्य अनुसार काम गर्छ । सरकारले काम गरेन भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिबेला पनि कान समाउने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ । त्यसकारण त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न पनि दिँदैनौं । यदी लिकबाट बाहिर गयो भने पुन: लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौं ।

यात्रामा हिंडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सहि ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्‍याउँछौं ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter