गगनलाई पूर्णबहादुरको अपिल- पार्टीको सम्पूर्ण एकताको निर्णायक तपाईँ हो, हिम्मत राख्नुस्

काठमाडौँ, साउन २४ गते । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आधिकारिता विवादमा सर्वोच्च अदालतले दिएको निस्सा पार्टीको सम्पूर्ण एकताको अन्तिम अवसर रहेको बताएका छन् ।

खड्काले फेसबुकमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै यो अन्तिम अवसरमा निर्णायक भूमिका निर्वाह गर्न सभापति गगन थापासँग आग्रह गरेका छन् ।

‘पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ नेता खड्काले लेखेका छन् ।

अहिले देशमा देशको राष्ट्रियता इतिहासकै अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको उनले बताएका छन् ।

‘लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भइरहेको अवस्था अनि कांग्रेस पार्टी इतिहासमै सबैभन्दा बढी कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो,’ उनले अगाडि लेखेका छन्, ‘यसका लागि हामी बीचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सृजना गरी संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो ।’

वर्तमानका भीमकाय चुनौतीको सामना गर्न पार्टीभित्र सम्पूर्ण एकता अपरिहार्य रहेको उनले बताएका छन् ।

त्यसका लागि पार्टीका जिम्मेवार व्यक्तिले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मूक्त भएर सामुहिक भावना साथ अघि बढ्दै पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरता लिन आग्रह गरेका छन् ।

‘सम्मानित सर्वाेच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौं,’ खड्काले भनेका छन्, ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौं र बन्छौं ।’

यहाँनिर स्पष्ट हुन जरुरी रहेको बताउँदै उनले सभापति थापालाई ‘निर्णायक तपाईं हो- तपाईं’ भनेर इंगित गरेका छन् ।

पार्टी एकताका लागि वातावरण निर्माण गर्न पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेतासँग उनले अपिल गरेका छन् ।

‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ । अनि, त्यसमा हामी रहने ठाउँ रहन्छ । नभए सबै खरानी हुन्छ । हामी सबैमा हेक्का रहोस्,’ उनले भनेका छन् ।

यस्तै, सामाजिक सञ्जालका दोहोरी र गालीगलौचले कहिँ नपुगिने बताउँदै त्यो प्रवृत्ति सबै लागेर बन्द गर्न उनले आग्रह गरेका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter