सभामुख अर्यालद्वारा प्रधानमन्त्री शाहलाई रुलिङ; संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ, भदौ १ गते । प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो ।

सभामुख अर्यालका अनुसार एक सांसदले एक वटामात्र प्रश्न सोध्न पाउने र लिखित रुपमा प्रस्तुत गर्ने प्रश्न भदौ ५ गते १ बजेभित्र दर्ता गर्नुपर्नेछ । प्रधानमन्त्रीलाई बढीमा १५ वटा प्रश्नमात्र सोध्न पाइने सभामुख अर्यालले बैठकलाई जानकारी गराउनुभयो । प्रश्नकर्ता सांसदले निरर्थक र लामो प्रश्न दर्ता नगराउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक २ गते ११ बजे बस्ने सभामुख अर्यालले संसद बैठकलाई जानकारी गराउनुभयो ।

सभामुख अर्यालद्वारा प्रधानमन्त्री शाहलाई रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थियो ।

सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई आजको बैठकमा निर्देश गर्नुभएको हो । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो ।

विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ’ भन्ने प्रावधानबमोजिम आफ्नो गम्भीर ध्यानकर्षण भएको स्पष्ट गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter