महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काले शुक्रबार सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्ने

काठमाडौँ, भदौ ४ गते । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।

महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि ३ दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानुनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो ।

इतर समूहका नेता एनपी साउदले शुक्रबार सर्वोच्चमा रिट दायर गरिने जानकारी दिए । यसैगरी, प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले पनि महाधिवेशन रोक्न माग गर्दै शुक्रबार निवेदन दर्ता हुने जानकारी दिए।

पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा सर्वोच्चमा पुनः सुनुवाइ (पुनरवलोकन)को अनुमति दिएपछि त्यसको टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अगाडि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने इतर समूहले निर्णय गरेको हो ।

महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्ने निर्णय पनि इतर समूहको छ । देउवा र खड्काले छुट्टाछुट्टै दायर गरेको रिटमा नै सर्वोच्चले पुनरवलोकनको अनुमति दिएको थियो ।

गत माघ २ गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेञ्चले आयोगको त्यही निर्णयलाई सदर गरेको फैसला पूर्ण इजलासले पुनरवलोकनको अनुमति दिएको भन्दै यस्तो अवस्थामा पार्टी विवाद पुरानो अवस्थामा पुगेको इतर समूहको भनाइ छ । विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनरवलोकन भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशनको प्रक्रिया सुरु गर्न नसक्ने इतर समूहको ठहर छ । त्यही ठहरसहित अन्तरिम आदेश माग्दै सर्वोच्चमा रिट लिएर जान लागिएको नेता विश्वकर्माले बताए ।

कांग्रेसको निर्वाचन समितिले मंगलबार १५ औँ महाधिवेशनको कार्यतालिका निकाल्दै आगामी भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने गरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन समितिको निर्णयपछि सार्वजनिक विज्ञप्तिमा कांग्रेसको १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter