आयआर्जनमा कैदीबन्दी

inmatesमोरङ, ३० कात्तिक । मोरङ कारागारमा रहेका कैदी बन्दीले आयआर्जनका लागि अगरबत्ती र ढाका टोपी बुन्ने काममा सक्रिय भएका छन् ।

कारागार प्रशासनका अनुसार कैदीबन्दीलाई सीपमूलक काममा सहयोग गर्ने उद्देश्यले टोपी बुन्ने तानको व्यवस्था गरिएको छ । कारागारमा १२५ वटा तानमा १२५ कैदीबन्दी टोपी बुन्ने पेसामा संलग्न छन् । टोपी मोरङ र सुनसरीका व्यवसायीले खरिद गर्ने गरेका छन् । टोपीको मूल्य बजारमा १५० देखि ५०० रुपैयाँसम्म पर्ने गरेको छ ।

केही महिनाअघि १०० कैदीबन्दीले अगरबत्ती बनाउने गरेका थिए । तर अगरबत्ती बनाउने मसला उपलब्ध नहँुदा यतिखेर काम रोकिएको छ । टोपी बनाएर राम्रो अम्दानी गर्नुका साथै टोपी बुन्ने सीपले भविष्यका लागिसमेत काम दिने कैदीबन्दीले बताएका छन् । ३५० जनाको क्षमता रहेको मोरङ कारागारमा अहिले ६०० भन्दा बढी कैदीबन्दी रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter