प्राविधिक शिक्षामा पहुँच पुर्यायाउन आवश्यक

Education Minister Pokharelभक्तपुर, १० फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षाका सबैको पहुँच पुर्यायाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) फिलिपिन्सको संयुक्त आयोजनामा आजदेखि यहाँ सुरु भएको एकहप्ते तालिमको उद्घाटन गर्दै उहाँले सरकारले बहुप्राविधिक शिक्षाको विकास र विस्तारलाई अगाडि बढाएको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले सरकारको १०० दिनभित्रै खुल्ला विश्व विद्यालयको अवधारणा ल्याएको हुँदा यसलाई प्राविधिक शिक्षासँग जोडेर लैजान पर्छ भन्नुभयो ।

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नेगरी प्रविधिमैत्री शिक्षामा जोड दिनुभयो ।

कार्यक्रममा दिगो विकासका लागि प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक शिक्षाका प्रमुख, प्राचार्य, विभागीय प्रमुख, विभिन्न तालिम प्रदायक संस्थाका प्रतिनिधिको सहभागिता छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter