उपप्रध्यापक डा भट्टराईलाई अन्तर्राष्ट्रिय सम्मान

Bhattaraiकाठमाडौँ, ३ वैशाख । बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलार्ई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ ।

विश्वभरका विद्यावारिधि शोधकर्ताबीच भएको प्रतिस्पर्धामा डा भट्टराईले सर्वाेत्कृष्ट भई सो सम्मान प्राप्त गर्नुभएको हो । शिक्षा र नेतृत्व रणनीति विधा अन्तर्गत उहाँले सो सम्मान प्राप्त गर्नुभएको हो । बेलायतमा वैशाख १ गते सो सम्मानको घोषणा गरिएको डा भट्टराईले जानकारी दिनुभयो ।

यसअघि डा भट्टराईलाई गत असोजमा अमेरिकाको कन्सोर्टियम फर दि स्टडी अफ लिडरसिप एन्ड एथिक्स इन एजुकेसन नामक संस्थाले वर्षको सर्वोत्कृष्ट शोधपत्रका रुपमा ‘पल बेगले अवार्ड–२०१५’ बाट सम्मान गरेको थियो ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनबाट भएको विद्यावारिधि शोधलाई अन्तर्राष्ट्रिय रुपमा सम्मान गरिएको पहिलो पटक भएको जिकिर गरिएको छ । डा भट्टराईले ‘नैतिक नेतृत्व’ शीर्षकमा गत वर्ष काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनबाट विद्यावारिधि गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter