नेपालको संविधान सगरमाथामा फहराइने

Moun Everestकाठमाडौँ, ५ वैशाख । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा नेविसङ्घ धुलाबारी क्याम्पसका नेता अनिश लुइँटेलले सङ्घको झन्डा र नेपालको संविधान सगरमाथा फहराउने हुनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेपाल र ् नेविसङ्घको झन्डा तथा नेपालको संविधान आरोही लुइँटेललाई हस्तान्तरण गर्दै नेविसङ्घको झन्डा आफ्नो प्रतिनिधिमार्फत विश्वको सर्वोकृष्ट चुचुरोमा पठाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “युवाले मुलुकमा विकास चाहेकाले अब मुलुकमा आर्थिक क्रान्ति आवश्यक छ ।”

लुइँटेलले आफू सानैदेखि नेविसङ्घमा लागेको र अहिले सगरमाथा चढ्न जाँदा नेविसङ्घको झन्डा र नेपालको संविधानलाई लैजान लागेको जानकारी दिनुभयो । उहाँ १३ विदेशी टोलीसहित मङ्गलबार काठमाडौँबाट सगरमाथा जाँदै हुनुहुन्छ । बाइस वर्षीय लुइँटेल पहिलो पटक सगरमाथाको आरोहण गर्दै हुनुहुन्छ । उहाँले यसभन्दा पहिले अन्नपूर्ण, कञ्चनजङ्घा, आइल्यान्ड पिक लगायतको पदयात्रा गरिसक्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter