सरकारी कार्यालयप्रतिको धारणा सकारात्मक बनाउनुपर्छ – मन्त्री मानवी
नवलपरासी, ३ जेठ । पशुपन्छी विकासमन्त्री शान्ता मानवीले सर्वसाधारणका नजरमा सरकारी कार्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुुपर्ने बताउनुभएको छ ।
परासीस्थित जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मानवीले नागरिकमा सकरात्मक दृष्टिकोण ल्याउन कार्यालयले पारदर्शी रुपमा काम गर्ने तथा छिटो छरितो र नागरिक बडापत्रानुसारको सेवा दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले जिल्लाको पशु सेवा कार्यालयले रचनात्मक र फरक कार्यक्रम सञ्चालन गरेर किसानको जीवनस्तर उकास्ने काम गरेकामा सराहना व्यक्त गर्नुभयो । रासस