अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्ःप्रम

k|wfgdGqL cf]nL cljZjf; k|:tfjsf] hjfkm lbFb} Joj:yflksf ;+;bsf] cfOtaf/sf] a}7sdf cfkm" lj?4 k|:t't cljZjf;sf] k|:tfjsf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . pxfFn] sl/a b'O{ 306f ;Daf]wg ug'{ePsf] lyof] . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, १३ साउन । अन्तर्राष्ट्रिय शान्ति सम्मेलन यहाँ सुरु भएको छ । युनिभर्सल पिस फेडरेसन संसदीय शान्ति परिषद्को आयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा २९ देशका १८५ सांसद, सोलोमन आइल्यान्डका पूर्वराष्ट्रपति मार्सल आइसमान्ड, किरिबाटिका पूर्वराष्ट्रपति एनोट टोङ तथा फिजी र श्रीलङ्काका मन्त्री गरी २०० प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्यपछि स्थिरता र शान्ति सम्भव हुने बताउनुभयो । “प्रमुख दलको सहमतिमा संविधान जारी गर्न सफल भयौँ, संविधान जारी भएपछि बनेको सरकारले कार्यान्वयनको प्रयास गरेको छ, अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्”– उहाँले भन्नुभयो । अब बन्ने सरकारको गतिविधि हेरेर समर्थन वा विरोध गरिने नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बताउनुभयो ।

एमाले नेता माधवकुमार नेपालले दलहरुबीच भएको सहमति कार्यान्वयन नगर्दा राजनीतिमा धोका पाइने बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले नेपालमा शान्तिलाई स्थायित्व दिन समसामयिक विषयमा साझा बहस गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । शनिबारसम्म चल्ने सम्मेलनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १७ दलका ६८ सांसदको सहभागिता छ । सम्मेलनमा विश्वले अहिले भोग्नुपरेका समसामयिक समस्याका बारेमा छलफल हुने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter