भूकम्पको तस्बिर ‘फोटो अफ द इयर–०७३’

PJ Clubकाठमाडौँ, १४ साउन । ‘नेपाल फोटो प्रतियोगिता –२०७३’ को उपाधि दीपकरत्न वज्राचार्यले जित्नुभएको छ । उहाँले गत वर्ष वैशाख १२ गते भूकम्प जाँदै गर्दा खिंचेको तस्बिर यस वर्षको ‘फोटो अफ द इयर –०७३’ घोषित भएको हो ।

फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा आज यहाँ भएको कार्यक्रममा नभेष चित्रकारको तस्बिरले ‘नेपाल स्माइल’ विधा जित्यो भने ‘डेली लाइफ’ विधामा नरेश श्रेष्ठले खिंचेको तस्बिर पहिलो भयो । त्यस्तै ‘न्युज’ विधाको उपाधि पनि चित्रकारले नै जित्नुभयो भने ‘नेचर एन्ड वाइल्डलाइफ’मा रमेशकुमार पौडेलको तस्बिरले बाजी मा¥यो । त्यसैगरी ‘घुमफिर –२०७३ कल्चर एन्ड टुरिज्म’मा दिनेश श्रेष्ठले उपाधि हात पार्दा ‘स्पोर्टस’ विधाको उपाधि सुरविन्दकुमार पुनले जित्नुभयो । त्यसैगरी ‘फोटो स्टोरी’तर्फ नवीन बरालको तस्बिर विजयी भयो ।

साथै ‘डेली लाइफ’मा गोपेन राईको तस्बिर दोस्रो तथा प्रताप थापाको तेस्रो हुँदा ‘न्युज’ विधामा राजेश गुरुङको तस्बिर दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसीको तेस्रो भयो ।

त्यस्तै ‘नेचर एन्ड वाइल्डलाइफ’मा बिसोप ताम्राकारको तस्बिर उपविजेता बन्दा विकास खड्गीको तेस्रो भयो । ‘घुमफिर २०७३ कल्चर एन्ड टुरिजम’मा सम्बद्र्वन वज्राचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो भने ‘स्पोर्टस’मा रोबिक उपाध्यायको तस्बिर दोस्रो तथा उमेश श्रेष्ठको तेस्रो भयो । ‘नेपाल स्माइल’मा रजेन्द्र केसीको तस्बिर दोस्रो तथा सुलभभक्त श्रेष्ठको तेस्रो भयो । त्यसैगरी ‘फोटो स्टोरी’मा सागर क्षेत्रीको तस्बिर उपविजेता तथा नभेषका तस्बिर तेस्रा भए ।

देशभरबाट प्राप्त तस्बिरको निर्णय भारतका वरिष्ठ छाया चित्रकार (फोटोग्राफर) प्रशान्त पन्जियारको अध्यक्षतामा रहेकोे निर्णायकमण्डलले गरेको हो । निर्णायमण्डलमा, वरिष्ठ छाया चित्रकार मणि लामा, वरिष्ठ क्युरेटर सङ्गीता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ छाया चित्रकारद्वय देवेन्द्रमान सिंह, नरेन्द्र श्रेष्ठ र प्रकाश माथेमा रहेका थिए ।

प्रतियोगिताका लागि देशभरबाट करिब आठ सय ११ व्यावसायिक र सौखिन छाया चित्रकारले छ हजार छ सय ७० तस्बिर पठाएका थिए । ‘फोटो अफ द इयर’ विजेताले रु एक लाख तथा प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ३०, रु २० र रु १० हजार प्राप्त गरे । विजेता सबै तस्बिरको प्रदर्शनी आगामी भदौ १५ देखि २१ गतेसम्म नेपाल कला परिषद् बबरमहलमा हुने पिजे क्लबले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter