पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने
काठमाडौँ, २४ साउन । ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ ।
वन विभाग र सामुदायिक वन महासंघको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो ।
वन विभागमा आज पत्रकार सम्मेलनको आयोजना गरी विभागका निमित्त महानिर्देशक गणेश झाले राष्ट्रिय वनको संरक्षण र सम्बद्र्धनका लागि सामुदायिक वनको ठूलो भूमिका रहेको भन्दै सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको जानकारी दिए ।
उनले भने, ‘सामुदायिक वनको अवधारणा, २०३४ सालमा पञ्चायती वन कार्यक्रमका रुपमा आए पनि सरकारीस्तरबाट अहिलेदेखि मात्र राष्ट्रि««य दिवस मनाउन लागेका हौँ ।’ हाल देशभर १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० सामुदायिक वन रहेका छन् ।
विभागले सामुदायिक वन अभियन्ताका रुपमा डा तेजबहादुर सिंह र नीलप्रसाद भण्डारीलाई ताम्रपत्रसहित सम्मान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस