साढे नौ करोडभन्दा बढीको छात्रवृत्ति

government logoकाठमाडौँ, २९ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आठ हजार २५८ विद्यार्थीलाई रु नौ करोड ५६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।

छात्रवृत्ति पाउनेमा मुलुकमा चलेको १० वर्षसम्मको सशस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पीडामा परेका बालबालिका छन् । मन्त्रालय स्थापना भएदेखि अहिलेसम्म छात्रवृत्तिका शीर्षकमा रु नौ करोड ५६ लाख ३६ हजार खर्च भएको हो ।

शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालयमार्फत द्वन्द्वपीडित बालबालिकालाई रु १० हजारदेखि रु १६ हजारसम्म छात्रवृत्ति प्रदान गरिएको प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

प्राविका चार हजार ३६ लाई रु १० हजार, निमाविका दुई हजार ५१६ लाई रु १२ हजार, माविका एक हजार १०६ लाई १४ हजार र उच्च माविका ६०० लाई १६ हजार छात्रवृत्ति उपलब्ध गराएको मन्त्रालयको अभिलेखमा उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter