संस्थानले दसँैका लागि तीन हजार खसीबोका खरिद गर्ने
काठमाडौँ, १५ भदौ । नेपाल खाद्य संस्थानले दसँैमा काठमाडाँैका उपत्यकामा मासुको आपूर्तिका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले एक हजार ५०० खसीबोका र एक हजार ५०० च्याङ्ग्रा खरिद गर्ने बताउनुभयो ।
उहाँका अनुसार संस्थानले खसीबोका सिरहाको लहानस्थित अञ्चल कार्यालयबाट ६००, दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट २००, नेपालगन्जस्थित अञ्चल कार्यालयबाट १५० र वीरगन्ज शाखा कार्यालयबाट ५५० खरिद गर्ने भएको छ ।
यसैगरी, खाद्य संस्थानको मुस्ताङ शाखाबाट एक हजार ५०० च्याङ्ग्रा खरिद गरिने छ । संस्थानले खसीबोका र च्याङ्ग्राको खरिदका लागि रु चार करोड ६७ लाख विनियोजन गरेको छ । कार्कीले घटस्थापनाभन्दा दुई दिनअघि ती खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने जानकारी गराउनुभयो ।
गत वर्ष मधेस आन्दोलन, नाकाबन्दीले गर्दा संस्थानले माग गरेकोभन्दा आधा कम आएको थियो । खसीबोका बजारमूल्यभन्दा प्रतिकिलो रु १० देखि २० कम मूल्यमा बेचिने बताइएको छ ।
कार्कीका अनुसार जिल्लाबाट आएका खसीबोकाको मूल्य ढुवानी खर्च कटाएर तोकिनेछ । रासस