अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानविरूद्ध महाअभियोग प्रस्ताव
काठमाडौं, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएको छ । संसदका १५७ जना सांसदले बुधवार नै संसदमा कार्की बिरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेका हुन् ।
महाभियोग प्रस्तावमा एमाले र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गरेका छन् । आजै संसदमा महाभियोग प्रस्ताव समिति गठनको प्रस्ताव पारित भएको थियो । महाभियोगको प्रस्ताव सँगै कार्की पदबाट स्वत निलम्बनमा परेका छन् । संसदमा एक तिहाइ सदस्यले संबैधानिक निकायका पदाधिकारी बिरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न सक्ने ब्यवस्था छ । प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत चाहिन्छ ।
उनीहरुले संविधानको धारा १०१ को उपधारा २ तथा संसद नियमावलीको दफा १६८ अनुरुप कार्कीले पदीय दायित्व इमानदारिता पूर्वक निर्वाह नगरेको आरोप लगाइएको छ ।
महाअभियोग प्रस्ताव दर्तापछि सम्बन्धित व्यक्तिलाई निलम्बनमा राखी अनुसन्धान सुरू हुन्छ र दोषी प्रमाणित भए कारबाही प्रक्रिया अगाडि बढ्छ।