डिजिटल अडियो नोटिस बोर्ड सेवाको आज शुभारम्भ

Labor, Foreign Employmentकाठमाडौँ, १८ कात्तिक । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक रोजगारीमा जान चार मुलुक कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स(युएइ) बारे जानकारी दिने डिजिटल अडियो नोटिस बोर्ड सेवाको आज शुभारम्भ गरीयो ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले फोन डायल गरेर सेवाको आरम्भ गर्नुभयो । ०१–४१०५०५८ नं मा डायल गरी फोन उठेपछि १ नं डायल गरे कतार, २ नं डायल गरे मलेसिया, ३ नं डायल गरे युएइ र ४ नं डायल गरे साउदीअरब बारे जानकारी पाउन सकिनेछ ।

देश रोजिसकेपछि सम्बन्धित देशको भाषा, तापक्रम, मुद्रा, उत्पादन, धर्म, कला, संस्कृति, दुर्घटनाबाट बच्ने उपाय, रोगबाट बच्ने उपायबारे जानकारी दिइन्छ । मन्त्री गुरुङले डिजिटल अडियो नोटिस बोर्ड सेवाले विदेशिने युवाहरुले समग्र जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले हाललाई चार देशको सूचना दिने व्यवस्था मिलाइएकामा क्रमशः अन्य देशको समेत थपिँदै लैजाने जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter