दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्र्याक’मा सुरु गरिने : निर्देशक तामाङ

hydropower projectखोटाङ, २३ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मङ्गलबार खोटाङ आउनुभएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसीकै मोडलमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

सांसद पाँचकर्ण राई (पिके)लगायत जिल्लावासीले दूधकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाकारुपमा राखेर कामलाई तीव्रता प्रदान गर्न माग राखेपछि तामाङले आयोजनालाई स्वदेशी मोडलमा सञ्चालन गर्न कम्पनी दर्ता गर्ने तयारी भइरहेको बताउनुभयो ।

खोटाङको लामीडाँडास्थित रभुवाघाटबाट उत्पादन गर्न लागिएको ३०० मेगावाट क्षमताको सो आयोजना रहेको छ । तीन वर्षअघिदेखि प्रक्रिया थालिएको दूधकोसी जलविद्युत आयोजनाका लागि अहिले सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइनिङ, जलाशय परीक्षणलगायतका काम भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter