विकास स्मृति प्रतिष्ठानद्वारा वृद्धालाई सहयोग
काठमाडौँ, ९ मङ्सिर । विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्ष झैं यस वर्ष पनि गोल्फुटारस्थित दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रालयका वृद्धाहरुलाई न्यानो लुगा, खानेकुरा र फलपूmल वितरण गरेको छ ।
सो अवसरमा पूर्वमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक छविराज पन्तले दिव्य सेवा निकेतन, गोल्फुटारले समाजसेवामा पु¥याउँदै आएको योगदानको सराहना गर्नुभयो । सेवा निकेतनका सचिव दीपक शर्माले निकेतनले हालसम्म समाजमा पु¥याएको मानवीय सेवाबारे जानकारी दिनुभयोे ।
विसं २०६५ असोज २२ गते लुक्ला विमानस्थलमा भएको यति एयरलाइन्सको दुर्घटनामा दिवङ्गत विमानका सहचालक विकास पन्तका स्मृतिमा उहाँको परिवार र आफन्तजनको पहलमा प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानले खासगरी शैक्षिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गरी पिछडिएका क्षेत्र र विपन्न समुदायको उत्थानमा सक्दो योगदान पु¥याउने उद्देश्य लिएको छ । रासस