पत्रकार बोहराको निधन

karna-boharaकाठमाडौँ, १० मङ्सिर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज आकस्मिक निधन भएको छ ।

केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आउनुभएका बोहोराको ४० वर्षका उमेरमा आज निधन भएको अस्पतालले जनाएको छ ।

बझाङ, स्याँडी गाविसमा जन्मनुभएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत हुनुहुन्थ्यो ।

हाल भीमदत्त नगरपालिका कञ्चनपुरमा बस्दै आउनुभएका बोहोराले केही समयदेखि मुटुको उपचार गराउँदै आउनुभएको थियो । उहाँको निधनपछि अस्पतालमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायत पुग्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter