उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

fair_prices_shopsललितपुर, ११ मङ्सिर । उपभोक्ताको अधिकारमा कार्यरत सरकारी र गैरसरकारी निकायका प्रतिनिधिले उपभोक्ता सजग हुँदामात्र गुणस्तरीय वस्तु खरिद र बिक्री हुने बताएका छन् ।

आपूर्ति मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले अनुगमनमा मात्रै नभई उपभोक्तालाई सजग गराउन ध्यान दिनुपर्ने बताएका हुन् ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले उपभोक्ताका अधिकार र बनेका कानुनी व्यवस्थाका विषयमा उपभोक्तालाई जानकारी नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो– “साधारण जनतालाई मात्रै होइन बुद्धिजीवीलाई समेत यससम्बन्धी ज्ञान छैन ।” अनुगमनका क्रममा गल्ती पाइएमा स्थलमै कारबाही गर्ने विषयमा छलफल थाल्नुपर्ने उहाँ बताउनुहुन्छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले अनुगमन गर्ने अधिकारीलाई नै धेरै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो – “अहिलेसम्म हामी मिति र लेबलमा मात्रै सीमित छौँ अरु कुरामा पनि ध्यान दिनुपर्छ ।” सबै जिल्लामा बजार संरक्षण अधिकृतको व्यवस्था गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव सूर्यप्रसाद श्रेष्ठले सबै सरोकारवाला निकाय लाग्दामात्रै बजारमा खाद्यान्न गुणस्तरीय हुन सक्ने बताउनुभयो ।

कन्जुमर राइट संस्थाकी अध्यक्ष विमला खनालले अहिले २० जिल्लामा मात्रै बजार संरक्षण अधिकृत भएकामा सबै जिल्लामा व्यवस्था गर्नुपर्ने बताउनुभयो । शुक्रबार सुरु भएको गोष्ठी आज सकिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter