उद्योगपति चौधरीविरुद्ध मुद्दा दर्ता

Binod Chaudharyकाठमाडौँ, १ पुस । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र ८ को सिमाना जोडिने सार्वजनिक गोरेटो बाटो कब्जा गरी चौधरीले कारखाना निर्माण गरेको भन्ने अभियोग लगाउँदै गसी बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उहाँविरुद्ध आज मुद्दा दर्ता गर्नुभएको हो ।

स्थानीय सतुङ्गल, बलम्बु, महादेवस्थान, बोसीगाउँ कीर्तिपुरका करिब पाँच हजार व्यक्ति आवतजावत गर्ने चौडाइ तीन फिट र लम्बाइ लगभग १०० फिट गोरेटो बाटो कब्जा गरी भवन निर्माण गरेकाले उहाँविरुद्ध मुद्दा दर्ता गर्न बाध्य भएको जानकारी स्थानीयवासी ईश्वरलाल महर्जनले  दिनुभयो ।

गत २०७१ साल चैत २० गते स्थानीय सतुङ्गल गाविसवासीको भेलाले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा गसी बाटो उपभोक्ता निर्माण समिति गठन गरेको थियो ।

उक्त समितिले उद्योगविरुद्ध यसअघि गोरेटो बाटो कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, गाविसको कार्यालय सतुङ्गल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी दर्ता गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter