मोबाइल टर्चको भरमा प्रसूति सेवा

Operation Theatreडोल्पा, १४ पुस । यहाँको त्रिपुराकोट गाविस–२ बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ ।

स्वास्थ्य संस्थामा जडान गरिएको सौर्य बत्तीमा समस्या उत्पन्न भएपछि प्रसूति सेवा लिन आउने महिलालाई सुरक्षित सेवा दिन कठिनाइ भएको अनमी सुष्मा न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो – “गाउँमा भएको विद्युत् लाइन पनि अस्पतालमा जडान गरिएको छैन । भएको सोलार बिग्रेकाले चार महिनादेखि मोबाइलको टर्चबाट काम चलाउनुपर्ने बाध्यता छ ।”

“हप्तामा दुईवटासम्म गर्भवती महिला आउने गर्छन् बत्तीको व्यवस्था नहुँदा साह्रै समस्या भएको छ,” उहाँले भन्नुभयो – “प्रसूति गराउने क्रममा एकपटक त एकजना अहेबको मोबाइलसमेत खसेर फुट्यो ।”

यता, स्वास्थ्य व्यवस्थापन समितिले चासो नदिएकाले यस्तो समस्या आएको अहेब हिमप्रसाद देवकोटाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा आन्तरिक आर्थिक स्रोत नभएकाले बत्तीको व्यवस्था गर्न नसकिएको देवकोटाको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter