धुर्मुस–सुन्तलीलाई सम्मान

Dhurmus Suntaliबिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।

झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो ।

वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताउनुभयो । सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा सुरु गरेको हो ।

“समाज परिवर्तनका लागि विशेष योगदान पु¥याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौँ,”वीरता जेसीजका अध्यक्ष भारतीले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter