नेपाल र आइभरी कोष्टबीच कूटनीतिक सम्बन्ध स्थापना

Flags-of-Nepal-and-Côte-d’Ivoireकाठमाडौँ, असार २ गते । नेपाल र उत्तर अफ्रिकीमूलुक कोटे डि आइभोरी (आइभरी कोष्ट) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

कोटे डि आइभोरीसँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको बाह्य देशसँगको औपचारिक अन्तर्राष्ट्रिय सम्पर्क एकसय ४६ राष्ट्रमा विस्तारित भएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र कोटे डि आइभोरीका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र क्लाउडे बोहा कामोनले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त सहमतिपत्रमा आज न्यूयोर्कमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर समारोहपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्र्दै राजदूतद्वयले दुबै मुलुकबीच गाढा सम्बन्ध प्रवद्र्धन गर्दै भविष्यमा द्विपक्षीय एवम् बहुपक्षीय तहमा सहयोग अभिवृद्धिमा योगदानको प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

उक्त नियोगका अनुसार राजदूतद्वयले आजै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter