पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो, ४ र ५ भदौमा महाधिवेशन ताेकियाे
काठमाडौँ, असार ८ गते। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन फेरि सरेको छ । विहिबार महासंघका महासचिव उजिर मगरले विज्ञप्ति जारी गरी महाधिवेशन सरेको जानकारी दिएका हुन् ।
यस अघि महासंघले असार २२ र २३ गते महाधवेशन गर्ने निर्णय गरेको थियो । असार १४ को स्थानीय तहको दोस्रो निर्वाचनमा पत्रकारहरु सक्रिय हुनुपर्ने भएकाले महाधिवेशन सारेको विज्ञप्तिमा जनाइएको छ । महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।