लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन : नेता रावल; पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन; पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन
काठमाडौँ, भदौ १९ गते । व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाउनुभयो ।
उहाँले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा÷बढुवा गरेकामा विरोध जनाउनुुभयो ।
नेकपा९एमाले०का उपाध्यक्षसमेत रहनुभएका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सञ्चालन गरेको आरोप लगाउँदै लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि नियमबाट सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
यसपछि सभामुख ओनसरी घर्तीले यसका बारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन
नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पार्टीभित्र धेरै मतान्तरका विषय झाँगिदै गए पनि त्यसलाई भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताउनुभएको छ ।
डा महतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीले वर्तमान अवस्थामा पार्टीभित्र देखिएको तिक्तताका सम्बन्धी जिज्ञाशामा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
विधिको शासन हुनुपर्छ भन्नेमा आफूले अडान राख्दै आएको स्पष्ट पार्दै उहाँले पार्टीलाई विधान बमोजिम चलाउने विषयमा नेतृत्व तहले जिम्मेवार भएर बहस चलाउन जरुरी रहेको र नेपाली काँग्रेस पार्टीलाई अरु पार्टीभन्दा मजबुत तुल्याउन नेतृत्व तह संवेदनशील हुनुपर्नेमा पनि जोड दिनुभयो ।
पूर्व अर्थमन्त्री डा महतले प्रदेश नं २ मा हुन लागेको निर्वाचनमा पार्टीको केन्द्रीय तहबाट तालमेल नहुने स्पष्ट पार्दै स्थानीय तहमा देखिएको आवश्यकताले अन्य राजनीतिक दलसँग तालमेल भएको अवस्थामा केन्द्रले त्यसलाई सहमति दिने पनि स्पष्ट पार्नुभयो ।
काँग्रेसलाई देशको पहिलो पार्टी बनाउनका लागि नेतृत्वले गुट उपगुट वा तेरो र मेरो भन्ने भावनालाई त्यागेर पार्टीको मान्छे भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिँदै उहाँले पार्टी सक्षम बन्यो भनेमात्र देशको विकासले गति लिने पनि आफ्नो अवधारणा रहेको बताउनुभयो ।
डा महतले बाढीले क्षतिग्रस्त बनेको र घरबासविहीन बन्न पुगेका पीडितको पक्षमा काँग्रेसले राहतसँगै उनीहरुको बचाउका लागि सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोगको निरन्तरता रहने जानकारी दिँदै प्रभावित क्षेत्रको पूर्वाधार विकासमा विस्तृत योजना बनाएर काम गर्नका लागि ध्यान दिन जरुरी छ भन्नुभयो । रासस