भीमेश्वर मन्दिरमा पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने

Dolakha Doleshworकाठमाडौँ,असोज ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाउनुभएको छ ।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाउनुभएको हो ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि आज शीतलनिवास आई क्षमा पूजा गर्न आग्रह गर्नुभएको उहाँका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधिले शीलाको पसिना पुछेको कपास प्रसादस्वरुप राष्ट्रपतिलाई दिएका थिए ।

यसअघि २०७० सालमा पनि सो मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले क्षमा पूजा गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter