नवलपरासीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

Dashain_Astamiनवलपरासी, असोज १३ गते । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।

दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित छिमेकी भारतीय दर्शनार्थीको समेत उल्लेखनीयरुपमा सहभागिता देख्न सकिन्छ ।

पारिवारिक सुख शान्तिसहित मनोकामना पूरा हुने आशामा दर्शनार्थी विभिन्न धार्मिक शक्तीपीठमा पूजाआजासहित दर्शनका लागि आउने गर्छन । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter