एनआरएनको ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित

NRN Bannerकाठमाडौँ, असोज २९ गते । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ ।

जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा बाँड्ने, सचिवालयलाई बलियो बनाउने, संघ अन्तर्गत बिभिन्न बिभागहरु सिर्जना गरी ती बिभागलाई भिन्नभिन्न पदाधिकारीले नेतृत्व गर्ने लगायतका प्रस्ताव गरिएको छ ।

यसैगरी नीति पैरवीका लागि पोलिसी इस्टिच्यूट स्थापना गर्ने र परोपकारी कामका लागि फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

बिदेशमा रहेका नेपालीहरुलाई सो फाउण्डेसनमा रकम सहयोग गर्न सहज हुनेगरी बिदेशमा समेत एउटा फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

आइतबार सुरु भएको संस्थाको बन्दसत्रमा अध्यक्ष घलेले सो प्रस्ताव र त्यसअन्तर्गत तयार गरी संरचनाको मार्गचित्र पेश गरेका थिए ।

सो प्रस्तावमाथि धारणा राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समयअनुकुल संस्थामा सुधार र परिवर्तन जरुरी रहेको भन्दै यो मार्गचित्रमा धेरै राम्रा प्रस्ताव आएको बताए । संघको भिजन र संरचनाका सन्दर्भमा सबै प्रस्तावहरु उत्कृट रहेको भन्दै आफ्नो पूर्ण सर्मथन रहेको जनाए ।

यसैगरी संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि संस्थाको सुधारका लागि ल्याइएको यो प्रस्ताव समयसापेक्ष रहेको बताए । अघिल्लो सम्मेलनहरुमा आफूले बिरोध गरेको भए पनि आजको छलफलबाट सबै प्रष्ट भएको हुँदा यसलाई अनुमोदन गर्नुपर्ने लामिछानेको भनाई थियो । पोलिसी इन्स्टिच्यूट निर्माण गर्ने, संघ अन्तर्गत फाउण्डेसन स्थापना गर्नेलगायतका प्रस्ताव आफूलाई निकै मन परेको उनले बताए ।

संघका पूर्व अध्यक्ष देवमान हिराचनले एनआरएनलाई संस्थागत गर्ने बिषयमा यो भिजन उत्कृष्ट रहेको बताए । यसलाई तत्कालै कार्यान्वयनका लागि अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

हलमा सहभागी सबैजसो प्रतिनिधिले भिजन २०२० एण्ड बियोण्डले संस्थाको प्रष्ट मार्गचित्र देखाएको र अब यसलाई हाँसिल गर्न यो भिजनले दिएको सुझावअनुसारका संरचना बनाउनुपर्ने बताए । छलफलमा केही प्रतिनिधिहरुले सुझाव पेश गर्दै प्रस्तावलाई सम्बृद्ध बनाउन ती सुझाव समावेश गर्न अनुरोध गरेका थिए ।

अन्त्यमा संघका अध्यक्ष शेष घलेले उठेका प्रश्नमाथि जवाफ दिएपछि हलले एकमतले सो प्रस्तावलाई अनुमोदन गरेको छ ।

यसअघि सो प्रस्तावमाथि संघका पूर्वअध्यक्ष लामिछाने र संस्थापक अध्यक्ष महतोले सार्वजनिकरुपमा बिरोध गरेको भए पनि साधारणसभाको हलमा प्रस्तावको खुलेर प्रसंशा गरे ।

योसँगै अब संघलाई पुनर्संरचना गर्न एनआरएनलाई साधारणसभाले पूर्ण म्याण्डेट प्राप्त गरेको छ ।

संघको जारी आठौं साधारणसभा अन्तर्गत अब भोलि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । संघको अध्यक्षमा जमुना गुरुङ, भवन भट्ट र टीवी कार्कीले उम्मेदवारी दिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter