औषधि र डाक्टरसहित सांसद जाजरकोटमा
जाजरकोट, पुस २९ गते । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।
पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ ।
जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ । (रासस)