स्वास्थ्य शिविरमा डा. केसी

Dr-Govinda-KC-hunger-strike-threatनुवाकोट, फागुन २० गते । फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा. गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा. केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न हुनुभएको हो ।

पञ्चकन्या गाउँपालिका–१ आपचौरमा शुक्रबार १५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्नुभएका डा केसी शनिबार लिखु गाउँपालिका–४ चौघडामा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नमा व्यस्त हुनुभएको छ । चौघडा स्वास्थ्य चौकीमा डा केसीले २०७ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श र औषधि वितरण गर्नुभएको स्थानीयवासी शान्तिकुञ्ज एकेडेमीका अध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो ।

डा केसी आफ्ना दुई जना सहयोगीका साथमा व्यक्तिगत खर्चमा केही औषधि खरिद गरी तथा केही औषधि कम्पनीबाट सहयोग जुटाएर नुवाकोट आउनुभएको हो । उहाँले बिहीबार फागू पूर्णिमाको बिदा र लगत्तै शनिबार पनि भएकाले यो बिदालाई सदुपयोग गर्न आएको बताउनुभयो । डा केसी भूकम्पपछि सोही महिनाको अन्तिम साता स्वास्थ्य शिविर चलाउन यो क्षेत्रमा आउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter