राष्ट्रपति निर्वाचन : शनिबार राति १२ बजेदेखि मौन अवधि
फाल्गुन २६, २०७४ राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २९ मा हुँदै छ । आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधि सुरु भएकाले यस अवधिमा निर्वाचनको प्रचारप्रसार र मत माग्न नहुने बताउनुभयो ।
राष्ट्रपति पदका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी तथा कांग्रेस नेत्री कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारीलाई वाम गठबन्धनले तथा राईलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।