प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि पराजुली नैतिक संकटमा परेका थिए ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथग्रहण गराउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र दिएको हो । न्याय परिषद सचिवालयका अनुसार ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएका थिए ।
न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा सचिवस्तरीय बैठकले पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।