ठूलीभेरीमा जलयात्रा

visit_nepal_whitewater_raftingजाजरकोट, वैशाख ६ गते । ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गर्नुभएको हो ।

मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताउनुभयो । उहाँले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच वर्ष भित्रै पुरा गर्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गनुभयो ।

बारेकोट गाउँपालिकास्थित फलाम खानी र नलगाड नगरपालिकामा रहेको सिसा खानी आगामी आर्थिक वर्षमै उत्खनन र प्रशोधन गरिने बताउनुभयो । नगलगाड नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकसित गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले लगानी प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुका साथै ३४ जनालाई साना होटल तथा लज व्यवस्थापन सम्बन्धि तालीम प्रदान गरिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter