सरकारले तीव्र विकास चाहेको छः प्रम ओली
काठमाडौं १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ। प्रदेश नं २ का साँसदहरुको सर्वदलीय डेलिगेसनलाई मंगलबार बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो ।
प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकतावद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो। ‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।’
तराइको ठुलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,शान्ती सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्ती ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ती सम्भव हुने बताउदै “हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नु पर्दछ । ”
देशमा प्रशासनिक खर्च धेरै भएर विकाशमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ,उद्योग,पर्यटन,यातायात,स्वास्थ्य,चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद,महिला हिंसा,जनता आवास कार्यक्रम,अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।