नेपालीलाई छात्रवृत्ति घोषणा

Nepal and Australiaकाठमाडौँ, जेठ ६ गते । अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयले प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले आज यहाँ पत्रकार सम्मेलन गरेर पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

हाल उक्त विश्वविद्यालयमा ११६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपाली विद्यार्थीका निम्ति आफ्नो विश्वविद्यालय आकर्षणको केन्द्र बनेको बताउनुभयो । “गत वर्ष ८० जना नेपाली विद्यार्थी थिए, यो वर्ष ११६ पुगे,” उहाँले भन्नुभयो ।

आगामी नोभेम्बर र जनवरीमा प्रारम्भ हुने नयाँ शैक्षिक सत्रबारे जानकारी दिन उक्त विश्वविद्यालयले पत्रकार सम्मेलन गरेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter