विभागीयमन्त्री उपस्थित नहुँदा बैठक स्थगित

Parliament

काठमाडौँ, असार ३ गते । विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो ।

नेपाली काँग्रेसका अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने जनाउँदै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter