नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक; नेबानिले ताप्लेजुङ काठमाडौँ उडान शुरु गर्ने

Buddha Airlinesहुम्ला, असोज १९ गते । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।

एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँ, तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँ सभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ ।

हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने यो हुम्लीको समस्या नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सञ्चाकर्मीलगायतको सोे निर्णय गरेको हो ।

नेबानिले ताप्लेजुङ काठमाडौँ उडान शुरु गर्ने

लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो ।

यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन ९बुधबार र शुक्रबार० उडान गर्ने तालिका सार्वजानिक गरेको छ ।

यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter