समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौ ः शहरी विकासमन्त्री

government logoनेपालगञ्ज, बाँके, असोज २९ गते । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताउनुभएको छ । ।

मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, सभा हल तथा सडक सुधार लगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको छ भन्नुभयो ।

उहाँले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा सम्पन्न गर्न बजेटलगायतका आवश्यक सबै कुराको अभाव हुन नदिन आफू पूर्णरुपमा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । प्रदेश सांसद सुरेन्द्र हमाल र मोहम्मद याकुव हल्वाइले प्रतियोगिताको सफलताका लागि आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter