चार न्यायाधीश सम्मानित

supreme-court-of-Nepalकाठमाडौँ, पुस ३ गते । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट हुनुभएका न्यायाधीशलाई सम्मान गर्नुभयो ।

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली रहनुभएको छ ।

सो अवसरमा प्रधानन्यायाधीश मिश्रले न्याय परिषद्् बुलेटिनको विमोचन गर्नुभएको थियो । समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का पदाधिकारी, मुख्य रजिष्ट्रार, मुख्य न्यायाधीश, न्यायाधीश, सचिव र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसी तथा पदाधिकारीको उपस्थिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter