नेपालले जित्यो पाँच स्वर्ण र एक रजत

Gold-medal_Juhele_finalकाठमाडौँ, पुस २० गते । भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ ।

नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्री गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ वर्षको ४५÷५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै गीता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण पदक हात पारे भने सुरज विकले पनि कुमितेमा स्वर्ण पदक प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा सुरजले कातामा पनि रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्टस् एकेडेमीमा भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter