नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

काठमाडौँ, असार १५ गते । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ ।

नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित सो परीक्षामा तीन जना चिकित्सक अनुपस्थित रहेका थिए । यसैगरी नेपाल नर्सिङ परिषद्ले शनिबार नै लिएको नर्सिङ दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्सिङ इक्जामिनेशन)मा ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

परिषद्का अनुसार सो परीक्षामा एक हजार ५०१ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ५२६ जना मात्र उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा गोमा निरौलाले यसपटकको परीक्षामा अपेक्षाकृत नतिजा नआएको तर यसैका आधारमा नर्सिङको शैक्षिक गुणस्तर खस्केको भन्न नमिल्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter