दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीपमा ९१ खेलाडीको सहभागिता
काठमाडौँ, भदौ ३१ गते। दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप, २०१९ मंगलबारबाट शुरु भएको छ ।
प्रतियोगितामा पाँच उमेर समूहका ९१ जना खेलाडीको सहभागिता रहेको छ । अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ मा ब्वाइज तथा गल्र्सको सहभागिता रहेको छ ।
अन्डर १४ बाहेक अन्य खेलमा सिंगल्सतर्फ हुने छ । त्यसैगरी यु १४मा सिंगल तथा डबल खेल हुने छ ।
प्रतियोगितामा ब्वाइजतर्फ ५४ र गल्र्सतर्फ ३७ खेलाडीका सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका सहित काभ्र, पोखरा र बुटबलका खेलाडीको सहभागिता रहेको छ ।
पाँच दिने प्रतियोगिताका खेलहरु बुढानीलकण्ठ नगरपालिका बडा नम्बर ८ स्थित भिल्लाको टेसिन कोट्सहरुमा सञ्चालन हुने छ । नेपाल टेनिस संघको वार्षिक क्यारेलन्डरमा समेत समावेश गरिएको प्रतियोगितामा जुनियर टेनिस इनिसिएटिभ्सले प्रविधिक सहयोग गरेको छ । प्रत्येक खेलमा निश्चित अंक निर्धारण गरिएको छ । खेलाडीहरुको वरियता क्रम निर्धारण गर्दा यसलाई समावेश गरिने छ । प्रतियोगिताका उद्घाटन नेपाली टेनिसका पूर्व मुख्य प्रशिक्षक हेम लामाले गर्नुभयो ।