थप तीन हजार ७९० सङ्क्रमित, कुल एक लाख ३६ हजार ३६
काठमाडौं, कात्तिक ३ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
हाल ४० हजार ७७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३३५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९४ हजार ५०१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
काठमाडौं उपत्यकामा दुई हजार ३८८ मा सङ्क्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका दुई हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार आठ जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार आठ, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।