कोरोनाका १०५ जना सङ्क्रमित थपिए

काठमाडौं, माघ २३ गते । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २७२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६७ हजार ५६४ जना सङ्क्रमित निको भएका छन् । हाल दुई हजार १०८ जना सङ्क्रमित आइसोलेशनमा छन् ।

हालसम्म २० लाख ८८ हजार ३७२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter